काठमाडौं, समुद्री सतहदेखि चार हजार ६१० मिटर उचाइमा रहेको नेपाल–चीन उत्तरी कोरला नाका पर्यटकको आकर्षण बन्दै गएको छ। हिउँदयामको अत्यधिक चिसोका बाबजुद दैनिक १०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक नाका अवलोकनका लागि पुग्ने गरेको सशस्त्र प्रहरी बीओपी न्हेचुङले जनाएको छ।
जोमसोमदेखि ११० किलोमिटर सडक यात्रा गरेर पर्यटकहरू कोरला पुग्ने गरेका छन्। बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गएपछि उपल्लो मुस्ताङमा पर्यटकीय चहलपहल बढेको हो।
तर, नाकामा विद्युत्, इन्टरनेट र खानेपानीको अभावसँगै नेपालतर्फ भन्सार, अध्यागमन तथा अन्य आवश्यक पूर्वाधार निर्माण नहुँदा पर्यटक र स्थानीयले समस्या भोग्नुपरेको छ। सीमाक्षेत्रमा हिमपातपछि सडक हिलाम्मे हुँदा आवागमनसमेत प्रभावित भएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special