काठमाडौं, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।
लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरकारी निकाय, स्थानीय संस्था र व्यवसायीको सहकार्यमा पुनर्निर्माण गरिएको हो ।
रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान् ध्वज गुल्मको अग्रसरतामा चौतारी पुनर्निर्माण गरिएको हो । स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गरेका थिए । उनले यही चौतारीमा बसेर राराको सौन्दर्यबाट प्रभावित भई ‘हिमालमा नेपाल कहाँबाट झ¥यौ तिमी स्वर्गकी अप्सरा रारा’ कविता रचना गरेको स्थानीय बुढापाका बताउँछन् । रारा ताललाई महेन्द्र तालका नामले समेत चिनिन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
Previous Articleओस्कार मनोनीत पटकथाकार तेहरानबाट पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special