काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारत, जापान, दक्षिण कोरिया, भियतनाम, बंगलादेश र युरोपेली संघसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा १० देखि ४० प्रतिशतसम्म नयाँ भन्सार कर लगाउने प्रस्ताव गरेका छन्।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले आठ महिनाको अनुसन्धानपछि सार्वजनिक गरेको प्रस्तावअनुसार चीनमाथि अधिकतम २० प्रतिशत, भारतमाथि २५ प्रतिशत र भियतनाममाथि ३५ प्रतिशतसम्म कर लाग्न सक्नेछ। अन्य देशका वस्तुमा पनि व्यापार सम्झौताको अवस्थाअनुसार फरक–फरक दर प्रस्ताव गरिएको छ।
अमेरिकाले ती देशले सरकारी अनुदान र अन्य सहयोगमार्फत आफ्ना उद्योगलाई अनुचित प्रतिस्पर्धात्मक लाभ दिएको आरोप लगाएको छ। नयाँ कर प्रस्ताव जनवरी २५ को सार्वजनिक सुनुवाइपछि मात्रै कार्यान्वयनमा आउनेछ।
चीनले भने अमेरिकी आरोप अस्वीकार गरेको छ। प्रस्ताव सार्वजनिक भएपछि अमेरिकी सेयर बजारमा समेत गिरावट आएको छ। न्यास्ड्याक सूचक तीन प्रतिशतभन्दा बढीले घटेको छ। ट्रम्पको व्यापार नीतिले अमेरिकी उपभोक्ताको जीवनयापन खर्च बढाउने भन्दै विपक्षी डेमोक्र्याटिक पार्टीले पनि विरोध गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special