काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
यसअघि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special