पाल्पा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाही कानुनी विधि र प्रक्रियामा आधारित हुनुपर्ने बताएका छन्।
पाल्पाको दमकडामा आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले सरकारका कामकारबाहीमाथि विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको बताए।
उनले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न केही कानुन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। पुराना कानुन समयअनुसार संशोधन गर्ने र संविधानअनुसार बन्न बाँकी कानुन निर्माण गर्ने जिम्मेवारी रहेको पनि उनले बताए।
अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको उल्लेख गर्दै आगामी दिनमा सांसदहरूको उपस्थिति विवरणसमेत नागरिकले मोबाइलबाट हेर्न सक्ने बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special