बङ्गलादेश, पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ। बन्दका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्नुका साथै आगजनीका घटना भएका छन्। सरकारले सुरक्षा व्यवस्था कडा पार्दै सीमा सुरक्षा बलका १२० प्लाटुन परिचालन गरेको छ।
सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि भारत पुगेकी हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। मृत्युदण्डको सजाय पाएकी उनलाई फिर्ता पठाउन बङ्गलादेशले भारतसँग सुपुर्दगीका लागि अनुरोध गरेको छ। उनको घोषणाले राजनीतिक तनाव बढाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special