बूढीगण्डकी नदीमा आएको बाढीपछि नेपाली सेनाको फौज हवाई र स्थल मार्गबाट खोज तथा उद्धारमा खटिएको प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक संजालमार्फत जानकारी दिएका छन्। पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसारकाठमाडौँमा रहेको कम्पोजिट क्विक रिएक्सन टोली पनि हवाईमार्गबाट जगत इलाकामा तैनाथ भएको छ। बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर तत्काल परिचालन गरिएका छन्।
आकस्मिक सम्पर्क नम्बरहरू:
- एम्बुलेन्स: १०२
- जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४
- जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
- सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८


