गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकीको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको जानकारी दिएका छन्। नदीको बहाव निरन्तर बढिरहेकाले उद्धार, राहत र प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको उनले बताए।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई खटाइएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरे। उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्।


