पाकिस्तानको उत्तरपश्चिमी सहर पेशावरमा बिहीबार कक्षा सञ्चालन भइरहेका बेला विद्यालयको छत खस्दा १३ वर्षभन्दा कम उमेरका अधिकांश विद्यार्थी गरी कम्तीमा २१ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
पेशावरस्थित लेडी रिडिङ अस्पतालका अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जानकारी दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन् ।
करीव २४ करोडभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटनाहरू पटक-पटक हुने गरेको जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


