Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
धान आयात घटेर १४ अर्ब ५१ करोडको ३,८१,६२२ टनबाट १२ अर्ब ७४ करोडको ३,४८,१३७ टनमा झरेको छ, जबकि चामल आयात बढेको छ।
अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्यले मात्र नभई उम्मेदवारहरूले पनि ठूलो धनराशी खर्च गरिसकेको र यसतर्फ सबैको ध्यानाकर्षण गरिनुपर्ने बताए।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन न्यूनीकरणका लागि आवश्यक अनुगमन र कारबाही प्रक्रिया जारी राख्दै केन्द्रीय तथा जिल्ला समितिहरू सक्रिय राखेको छ।
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको असंवैधानिक नियुक्ति रद्ध गर्न रिट दायर भए पनि सर्वोच्चले अझै सुनुवाइका लागि पेसी तोकेको छैन।
पक्राउअघि प्रसाईंले प्रहरीले धरपकड गरेको भन्दै प्रहरी परिसर काठमाडौंविरुद्ध सर्वोच्चमा रिट दिएका थिए, तर न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश अस्वीकार गरेपछि उनी सोमबार पक्राउ परेका थिए।
रास्वपाले आफ्ना कार्यकर्ता संलग्न नभएको दाबी गर्दै केही घुसपैठ र अवाञ्छित तत्वले भ्रम फैलाएको आरोप लगाएको छ।
गत वर्षको पहिलो सात महिनामा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रहेको नेपालको वैदेशिक व्यापार यस वर्ष सोही अवधिमा बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार पुगेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको दायित्व बढ्दै जाँदा मन्त्रालयले आफ्नै विकास योजनाको बजेट कटौती गरी बीमा बोर्डलाई जोगाउन खोजे पनि दीर्घकालीन समाधानको स्पष्ट योजना अझै सार्वजनिक भएको छैन ।
स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन् भने जनार्दन ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाका पूर्वजिल्ला अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य हुन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामार्फत राष्ट्रिय स्वतन्त्र पार्टी ले देश रूपान्तरणका लागि सय आधारसहित आफ्नो चुनावी घोषणापत्रलाई ‘वाचापत्र’का रूपमा सार्वजनिक गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै तुरुन्त ११ वटा महत्वपूर्ण काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधसहित नेपाललाई संसारकै उत्कृष्ट देश बनाउने भावना, स्पष्ट कार्ययोजना र आधारसहित प्रतिज्ञापत्र प्रस्तुत गरेको छ।
पूर्वराजा शाहले भने, मुलुक अहिले अस्थिर र संकटग्रस्त छ र विगतका सबै आन्दोलन र परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिएको भन्ने आत्मसमीक्षा आवश्यक भएको छ।
वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी रास्वपाले लिने र पार्टीले विपन्न नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रमुख एजेन्डा बनाएको बताए।
लामिछानेले अब नेताले गरेको वाचा पूरा नहुँदा त्यसको परिणाम जनताले भोग्ने परम्परा अन्त्य भएको र यसरी भोट दिने–सजाय भोग्ने क्रम दोहोरिन नहुने बताएका छन्।
टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाउँदै दीपेन्द्रको रेटिङ २०२ बाट २४४ पुगेको र ब्याटिङ वरियतामा ११ स्थान उक्लेर ६०औं स्थानमा पुगेका छन्।
सूचीकरण नगरी सञ्चालन भएका फर्मलाई सात दिनभित्र दर्ता गर्न निर्देशन दिइनेछ, अन्यथा प्ल्याटफर्म खारेज गरिनेछ।
माघमा १०७ देशमा जान श्रम स्वीकृति लिनेमा ६२ हजार १६२ जना पुरुष र आठ हजार ३४१ जना महिला छन् ।
बीएनपी लामो समयपछि सत्तामा फर्किएको हो, जसलाई बङ्गलादेशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन, कमिसन लिएर अन्य व्यक्तिको नाममा रकम परिचालन तथा १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत माग गरेको आरोप लगाएको छ।

