नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् ।

मिडिया इन्टरनेसनलले आज काठमाडौँमा शुभारम्भ गरेको ‘सम्भावना’ कार्यक्रममा अध्यक्ष डा. भट्टले पुँजी बजारको दायरा विस्तार गरी देशको आर्थिक विकास र उत्पादन वृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । उनले आमनागरिकले पुँजी बजारलाई मुख्यतः सेयर किनबेचका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य, सम्भावना र आर्थिक विकासमा पुर्याउनसक्ने योगदानबारे व्यापक जनचेतना आवश्यक रहेको बताए ।