बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ९५ जनालाई नेपाली सेनाले हालसम्म जीवितै उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। सेनाको आधिकारिक फेसबुक पेजका अनुसार स्थल मार्ग र चारवटा हेलिकोप्टर परिचालन गरी आरुघाट क्षेत्रबाट उद्धार गरिएकामध्ये ९ जना विदेशीसहित ३५ जनालाई काठमाडौँ ल्याइएको छ।
बाढीले आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि यातायात ठप्प भएको छ। आवतजावत पुनः सञ्चालन गर्न सेनाको इन्जिनियरिङ टोली बेलिब्रिज जडानको तयारीका लागि कार्यक्षेत्रमा खटिएको छ। अन्य सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


