काठमाडौं,
महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निमाणका लागि लागि रु पाँच करोड बजेट माग गरिएको छ ।
गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो
चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए ।
पुलको क्षति अध्ययन गर्ने स्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको प्राविधिक टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो ।
पानीको बहाव कम नभएका कारण विस्तृत लागत प्रतिवेदन तयार पार्न नसकेका योजना प्रमुख बुढाथोकीको भनाइ छ।


NPL Special
NPL Special
NPL Special
NPL Special