दोहामा आयोजित एआइआइबीको बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच महत्वपूर्ण भेटवार्ता भएको छ। मन्त्री वाग्लेले नेपालको प्राकृतिक विपद्पछिको पुनःनिर्माण र विकासमा सहुलियतपूर्ण वित्तीय सहयोगका लागि आग्रह गर्नुभयो।
अध्यक्ष जियायीले बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै परियोजना तयारीमा अनुदान र ऋणमा सहुलियत दिने प्रतिबद्धता जनाउनुभयो। छलफलमा हरित ऊर्जा, सडक र डिजिटल पूर्वाधार निर्माणमा सहकार्य गर्ने सहमति समेत भएको छ।


