अविरल वर्षा र बाढीपहिरोले देशभरका प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याउँदा करिब १३०३ मेगावाट विद्युत् प्रणाली प्रभावित भएको छ। कालीगण्डकी करिडोरसहितका मुख्य प्रसारण लाइनमा आएको अवरोध र सुरक्षाका कारण दर्जनौं जलविद्युत् गृह बन्द हुँदा काठमाडौँ, पोखरा र बुटवल लगायतका क्षेत्रमा आपूर्ति अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत र वैकल्पिक माध्यमबाट बिजुली सुचारु गर्न प्राविधिक टोली परिचालन गरेको छ। यद्यपि, सडक अवरोधका कारण केही स्थानमा मर्मत कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयले जनाएको छ।


