एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज बिहान काठमाडौं फर्किएका छन्। कतारको दोहामा सम्पन्न सो बैठकले नेपाललाई सन् २०२६-२७ का लागि बैंकको उप-सभापति पदमा निर्वाचित गरेको छ, जुन नेपालका लागि ऐतिहासिक उपलब्धि हो।
भ्रमणका क्रममा डा. वाग्लेले पूर्वाधार विकासमा लगानी बढाउन र सहुलियतपूर्ण वित्तको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले विभिन्न सदस्य राष्ट्रका अर्थमन्त्रीहरूसँग द्विपक्षीय हित र नेपालको विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे समेत फलदायी छलफल गरेका छन्।


