परराष्ट्रमन्त्री राणाले सोमबार राति नियमित स्वास्थ्य परीक्षणका लागि जापान प्रस्थान गरेकी हुन्, उनको सचिवालयले जनाएको छ। जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने वरिष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सचिवालयले भ्रमणलाई मुख्य रूपमा स्वास्थ्य सम्बन्धी भने पनि स्रोतका अनुसार मन्त्री राणाले जापान बसाइका क्रममा केही द्विपक्षीय भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।


