परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। न्युयोर्कमा आयोजना हुने महासभामा सहभागी हुन खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भ्रमण स्वीकृत भएको जानकारी दिएका छन्। नेपाली प्रतिनिधिमण्डलले महासभामा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


