प्रतिनिधिसभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन चलेको अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन्। सभामुख डोलप्रसाद अर्यालका अनुसार यस अवधिमा १२ वटा विधेयक पारित भएका छन्। विपद् व्यवस्थापनसहित जनसरोकारका विषयमा छलफल गर्दै कानुन निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रहेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


