काठमाडौं, स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ ।
सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो ।
आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को होर्मुज मध्यभित्र नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको हो ।”
ती ट्याङ्करहरूले नेभिगेसन र स्थान पहिचान प्रणाली बन्द गर्नेलगायतका नियमसमेत उल्लङ्घन गरेको इरानको दाबी छ । यद्यपि, इरानले ट्याङ्करहरूको नाम र राष्ट्रियता खुलाएको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
Previous Articleलुम्बिनीको अपराजित यात्रा रोक्दै काठमाडौंको लगातार तेस्रो जित
Next Article आजको राशिफल । कार्तिक २२, २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special