सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका बाबु थापा सर्लाहीबाट पक्राउ परेका छन्। गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका ४८ वर्षीय थापालाई बुधबार राति आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ। उनीविरुद्ध हातहतियारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


