काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले आयोजना गरेको नेपाल–युके बिजनेस फोरममा उनले संयुक्त लगानी, प्राविधिक साझेदारी र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बेलायती कम्पनीलाई आग्रह गरे।
उनले नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, औद्योगिक विकास र दिगो पूर्वाधारमा नेपाल–बेलायत सहकार्यको सम्भावना रहेको बताए।
मन्त्री साहले लगानीकर्ताको विश्वास बढाउन नीतिगत स्थिरता, पारदर्शिता र कर प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा बेलायती राजदूत रब फेनले द्विपक्षीय सम्बन्ध विस्तार भइरहेको बताए। चेम्बरका सभापति रोशन राठीले दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्नेमा जोड दिए।


NPL Special
NPL Special
NPL Special
NPL Special