काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा नियमित र गुणस्तरीय विद्युत् आपूर्तिका लागि विशेष तयारी गरेको छ। लक्ष्मीपूजाका दिन विद्युत् माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ भने उत्पादन २ हजार ५०० मेगावाट हुने प्रक्षेपण छ। सम्भावित अवरोध तत्काल समाधान गर्न प्राविधिक टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special