मंगलबार सेयर बजार २६.१६ अंकले घटेर नेप्से परिसूचक २६७४ अंकमा पुगेको छ, जुन फागुन १७ यताकै न्यून स्तर हो। कारोबार रकम ४ अर्ब ३६ करोड रुपैयाँमा सीमित रह्यो। २२ कम्पनीको मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घट्यो। अधिकांश समूह राताम्मे भए। टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य भने १५ प्रतिशतले बढ्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


