२०८३ बैशाख ३१
त्रिविमा पदाधिकारी रिक्त भएपछि प्राडा. सुशीलबहादुर बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।
स्मार्ट टेलिकम उपकरण खरिद प्रकरणमा अनुसन्धान गर्दै सीआईबीले एनसेल कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ।
२०८३ बैशाख २८
एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड रहेको छ ।
सर्वोच्च अदालतले लघुवित्तविरुद्ध अवरोध र ऋण नतिर्ने अभियानलाई गैरकानुनी भन्दै कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
२०८३ बैशाख २७
एसईईको नतिजा विद्यार्थीले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ ।
२०८३ बैशाख २४
पोखरा विमानस्थल निर्माणमा कर छुटमार्फत आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले पूर्वमन्त्रीसहित १३ जना र चिनियाँ कम्पनीविरुद्ध नयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
२०८३ बैशाख २३
देशभर वर्षा र हिमपातको सम्भावना बढेसँगै विशेषगरी पूर्वी क्षेत्रमा सतर्कता आवश्यक रहेको मौसमविद्हरूले बताएका छन्।
बाढी–पहिरोपछि केही राजमार्ग खुले पनि धेरै खण्ड अझै अवरुद्ध हुँदा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
२०८३ बैशाख २०
पहिरोका कारण अरनिको राजमार्ग बन्द हुँदा अन्य केही सडक आंशिक रूपमा मात्र सञ्चालनमा छन्।
न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना बढेको छ।