काठमाडौं, सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ गते नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । प्रधानमन्त्री मोदीले उनको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
त्यसैगरी, भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्कनेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक
Previous Articleप्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वपरराष्ट्रमन्त्रीका सुझाव
Next Article जुवाको खालबाट २५ जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special