३४ वर्ष पुरानो अध्यागमन ऐन र सीमित भिसा वर्गका कारण विदेशी नागरिकको व्यवस्थापनमा समस्या देखिएको भन्दै सरकारले नयाँ अध्यागमन विधेयक अघि बढाएको छ। अध्यागमन विभागका अनुसार हालका ९ प्रकारका भिसालाई विस्तार गरी १७ प्रकार पुर्याउने प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थामा खेलकुद, मेडिकल र स्पिरिचुअल भिसासहित विदेशीको उद्देश्यअनुसार छुट्टाछुट्टै भिसाको व्यवस्था गरिने प्रस्ताव छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


