काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइयो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । बिहिबार आफ्नो सामाजिक संजालमार्फत उनले भनेका छन्: “१७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?”
उनले लेखेका छन्, “उसो त सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?”
आङ्देम्बेले एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गरेको तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाउँदै भनेका छन्, “अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइयो? सरकारसँग आङ्देम्बेको प्रश्न
Previous Articleप्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्दै



NPL Special
NPL Special