डा. गोविन्द केसीले गेटा मेडिकल विश्वविद्यालयलाई न्यूनतम पूर्वाधार र जनशक्तिबिना एमबीबीएस सञ्चालन गर्न दिएको अनुमति खारेज गर्नेलगायत चार माग पूरा गर्न सरकारलाई एक हप्ताको समय दिएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई बर्खास्त गर्न र २४औँ सत्याग्रहका क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


