दक्षिण कोरियाको ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले उच्च अदालत पाटनको आदेश, कानुनी परामर्श र कोरियाली पक्षसँगको समन्वयपछि प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कागजात प्रमाणीकरण र सहजीकरणका लागि पहल सुरु गरेको छ। यससँगै वैदेशिक रोजगार ऐनअनुसार म्यानपावर कम्पनीमार्फत उत्पादन, निर्माण, वेल्डिङ, जहाज निर्माण, होटललगायत प्राविधिक क्षेत्रमा दक्ष नेपाली श्रमिक कोरिया पठाउने बाटो पुनः खुलेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


