रोहितकुमार पौडेलको शतकमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार ओमानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।
नेपालका रोहितले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरी सर्वाधिक १०१ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टीमका पुर्व कप्तान रोहितको यो तेस्रो शतक हो । नेपालका गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रन जोडे ।
क्यानडाका अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट लिए ।


