सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ। आइतबार भएको घटनामा उनी पेटमा गोली लागेर घाइते भएका थिए। यसअघि सोही घटनामा अर्का एक युवाको मृत्यु भइसकेको थियो। घटनामा अन्य घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


