प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले समाचार कक्षबाट पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई घटनाबारे पूर्वजानकारीसमेत नभएको बताएकी छन्। घटनाबारे जानकारी पाएलगत्तै पत्रकारलाई रिहा गर्न र समाचार कक्षमा धरपकड नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले जनाएकी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special