सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका नेपाली कथानक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न स्क्रिप्ट लेखन, प्रोडक्सन र पोस्ट प्रोडक्सन गरी तीन विधामा ९५ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार स्क्रिप्ट लेखनमा पाँच लाख, प्रोडक्सनमा ७० लाख र पोस्ट प्रोडक्सनमा २० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइनेछ ।
चालु आर्थिक वर्ष २०८३/८४ मा चलचित्र प्रोत्साहन कार्यक्रमका लागि सरकारले कुल तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleशिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता



NPL Special
NPL Special