चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो। नियुक्तिपछि पण्डितले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। फिल्म निर्माता तथा लेखक पण्डितले यसअघि बोर्डमा बक्स अफिस प्रणाली र ई–टिकेटिङ लागू गर्ने क्रममा विज्ञ तथा सल्लाहकारका रूपमा काम गरेका थिए। निवर्तमान अध्यक्ष दिनेश डीसीको दुईवर्षे कार्यकाल गत भदौ १३ गते सकिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


