महोत्तरी, नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।
मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविकासशील देशहरूको ऋण ९.४ ट्रिलियन डलर पुग्योः विश्व बैङ्क
Next Article प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना



NPL Special
NPL Special