अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोले लक्जेम्बर्गका नागरिकको भिसा विवरण अनधिकृत रूपमा परिवर्तन गरी अमेरिकी नागरिकको नाममा जारी गरेको खुलासा भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको छानबिनमा यो बदमासी पुष्टि भएपछि उनीविरुद्ध मुद्दा चलाइएको छ। सरकारी प्रणालीमाथि नै खेलबाड गरेको अभियोगमा उनी कानुनी दायरामा आएका हुन्।


