काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएका हुन्। जिल्ला अदालत काठमाडौँले उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो। रायमाझी २०८० वैशाख ३१ देखि थुनामा थिए। अदालतको आदेशपछि उनी निर्धारित अवधिभन्दा अगावै मुक्त भएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special