काठमाडौं, नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र पारिएको छ। आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने महोत्सवमा विभिन्न देशका करिब १०० चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।
नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुने महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, छोटा चलचित्र तथा वृत्तचित्र प्राप्त भएका छन्। तीमध्ये करिब १०० उत्कृष्ट चलचित्र छनोट गरी प्रदर्शन गरिनेछ।
‘हिमालदेखि सागरसम्मका कथाको उत्सव’ नारासहित आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनसँगै कार्यशाला, अन्तरक्रिया, प्यानल छलफल, विशेष सम्मान तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।
महोत्सवमा हलिउड, बलिउड र चिनियाँ चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वसमेत सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवले नेपाली प्रतिभा र सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनुका साथै नेपाललाई चलचित्र छायाङ्कन र चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special