काठमाडौं, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबार फेरि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस रहेको छ।
शुक्रबार प्रारम्भिक मापनमा ८.७ डिग्री देखिएको तापक्रम अन्तिम मापनमा ८.५ डिग्री कायम भएको थियो। यसअघि मंसिर ९ गते ७ डिग्रीमा झरेको न्यूनतम तापक्रम त्यसपछि लगातार दुई दिन बढेको थियो।
महाशाखाले आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गर्नेछ। देशभर चिसो बढ्दै गएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special