काठमाडौं, काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रुको नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने र महिलामाथि दुर्व्यवहार गर्ने अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतका प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि सञ्चालन गरेको ‘सुरक्षित यात्रा’ विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन्। सार्वजनिक यातायातमा चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारका घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special