काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग गरेको बताएका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिँदै उनले भ्रमणलाई नेपालको राष्ट्रिय हित, आर्थिक वृद्धि र विकासका दृष्टिले उपलब्धिमूलक रहेको बताए।
भ्रमणका क्रममा पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाल विस्तारमा महत्वपूर्ण सहमति भएको उनले जानकारी दिए। भारतले गुजरातको दीनदयाल बन्दरगाह हुँदै नेपाललाई नयाँ पारवहन मार्ग उपलब्ध गराउने तथा काठमाडौं–भैरहवा–लखनउ हवाई सेवा सञ्चालनमा सहमति जनाएको छ।
त्यस्तै, ६६९ मेगावाटको तल्लो अरुण आयोजनाको शिलान्यास, अयोध्या–जनकपुर रेल सेवा उद्घाटन तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ। खनालले भ्रमणले द्विपक्षीय सहकार्यका नयाँ सम्भावना खोलेको र आगामी दिनमा परिणाममुखी उपलब्धिको आधार तयार गरेको बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special