काठमाडौं, एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आज भारत ‘ए’ ले नेपाललाई जितका लागि ३३३ रनको लक्ष्य दिएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३३२ रनको योगफल बनाएको हो ।
भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेले । कुमारले १०२ बलमा १० चौका र ५ छक्काको मद्दतले ११७ रन बनाए । त्यस्तै तिलकले ११३ बलमा ६ चौका र ४ छक्कासहित १०७ रन जोडे । सूर्यांश शेडगेले १४ बलमा अविजित ३६ रन बनाए भने वैभव सूर्यवंशीले २६, अभिषेक शर्माले ९ तथा रिंकु सिंहले समान ९ रन बनाए ।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special