काठमाडौं, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टावर भएर पनि नेटवर्क नचल्ने तथा कमजोर हुने समस्या किन भइरहेको छ भन्दै नेपाल टेलिकमसँग जवाफ मागेका छन् । सहरी र दुर्गम दुवै क्षेत्रबाट सेवाको गुणस्तरबारे गुनासो आइरहेको उल्लेख गर्दै उनले समस्या पहिचान गरी तत्काल सुधार गर्न निर्देशन दिए ।
मन्त्री तिमिल्सिनाले सबै टावर पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् वा छैनन् र तिनले कति ट्राफिक धान्न सक्छन् भन्ने स्पष्ट तथ्याङ्क मागेका छन् । नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुधार नहुने भन्दै उनले विद्यमान पूर्वाधारको क्षमता र सञ्चालन अवस्था सुधार्न जोड दिए ।
नेपाल टेलिकमका अनुसार देशभर पाँच हजार टावर रहेकामा करिब ५० वटाको सेवा प्रभावित छ। सेवा विस्तार तथा गुणस्तर सुधारका लागि थप एक हजार ६०० टावर निर्माण गर्न बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’
Next Article भारत ‘ए’द्वारा नेपालसामु ३३३ रनको लक्ष्य प्रस्तुत


NPL Special
NPL Special
NPL Special
NPL Special