काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवाका लागि दोहोरो हवाई रुट प्राप्त हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले १०–१२ वर्षदेखिको नेपालको प्रयास र लामो कूटनीतिक पहलपछि यो उपलब्धि हासिल भएको बताए। यसले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।
उनले भविष्यमा महेन्द्रनगर र जनकपुरलगायतका सहरबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि पहल भइरहेको जानकारी दिए। भारतीय सञ्चारमाध्यममा आएका नेपाली भूमि र बागडोग्रा विमानस्थलसम्बन्धी चर्चालाई निराधार भन्दै उनले त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारे।
वाग्लेले ‘विकसित भारत–समुन्नत नेपाल’ भिजन डकुमेन्टले नेपालको घरेलु नीति, योजना र बजेटमा असर नगर्ने पनि बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special