काठमाडौं, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। तर, आवश्यक बहुमत जुटाउन नसक्दा उनको सरकारको भविष्य अनिश्चित बनेको छ।
१०७ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ। हाल कायम १०३ सांसदमध्ये नेपाली कांग्रेसका २२ सांसद मात्रै यादवको पक्षमा छन्। एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन्।
विश्वासको मत प्राप्त गर्न नसके यादव मुख्यमन्त्री पदबाट पदमुक्त हुनेछन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
प्रदेश सभामा २८ सिटसहित जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दल छ। एमालेका २४, कांग्रेसका २२, नेकपाका १४ र जनमत पार्टीका १२ सांसद छन्। जसपाले नयाँ सरकारको नेतृत्व गर्ने रणनीति बनाइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special