काठमाडौं, नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स-कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् ।
थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म आयोजित पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स- कनिष्ठ (आइओएए-जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो ।
प्रतियोगितामा नेपाली टोलीका सदस्य शाहवाज आलमले ऐतिहासिक स्वर्ण पदक प्राप्त गरी नेपालको नाम अन्तरराष्ट्रिय मञ्चमा अङ्कित गराएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।
त्यसैगरी उत्कृष्ट प्रदर्शन गर्दै टोलीका सदस्य सहज केसीले कास्य पदक जित्न सफल भएका छन् भने अर्का सदस्य इभान दुबेले सम्मानजनक उल्लेख उपाधि प्राप्त गरेका छन् । प्रतियोगी अभिउदय ढुङ्गाना र अखिलेश पोखरेलले पनि प्रतियोगितामा सफलतापूर्वक सहभागिता जनाउँदै उत्कृष्ट प्राविधिक तथा प्राज्ञिक कौशल प्रदर्शन गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
Next Article अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५६ पैसा


NPL Special
NPL Special
NPL Special
NPL Special