मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज कार्यक्षेत्रमा नयाँ उत्साह र जाँगर बढ्नेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। व्यापार व्यवसायमा लाभ मिल्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आर्थिक पक्षमा सुधार आउनेछ। नयाँ कामको अवसर प्राप्त हुन सक्छ। परिवारका सदस्यसँग राम्रो सम्बन्ध रहनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला।
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज बोली र व्यवहारबाट अरूको मन जित्न सकिनेछ। नयाँ योजना बनाउन अनुकूल समय छ। जागिर तथा व्यवसायमा प्रगति हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ।
कर्कट
(ही, हु, हे, हो, डा, डी, डू, डे, डो)
आज पारिवारिक सुख प्राप्त हुनेछ। रोकिएका काम अगाडि बढ्नेछन्। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज मानसम्मान र प्रतिष्ठा बढ्ने योग छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारमा लाभको सम्भावना छ। आफ्नो आत्मविश्वास कायम राख्नुहोला।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज मेहनतअनुसार फल प्राप्त हुन सक्छ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। नयाँ व्यक्तिसँग सम्पर्क बढ्नेछ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। आर्थिक लाभका अवसर आउन सक्छन्। महत्वपूर्ण काममा धैर्य अपनाउनुहोला।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज आत्मविश्वास बढ्नेछ। रोकिएका काम बन्ने सम्भावना छ। व्यापार व्यवसायमा नयाँ योजना सफल हुन सक्छ। रिस र आवेगलाई नियन्त्रण गर्नुहोला।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज भाग्यले साथ दिने सम्भावना छ। धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ। अध्ययनमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज काममा जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। नयाँ काम सुरु गर्नुअघि राम्रोसँग विचार गर्नुहोला। परिवारको साथ मिल्नेछ।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
आज नयाँ अवसर प्राप्त हुन सक्छ। साथीभाइसँगको सम्बन्ध राम्रो हुनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापारमा सोचविचार गरेर निर्णय लिनुहोला।
मीन
(दी दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज मन प्रसन्न रहनेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। आर्थिक अवस्थामा सुधार आउन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। परिवारमा खुसी छाउनेछ।
— गुरु संजिब विनोद चालिसे



NPL Special
NPL Special