काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नासु यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०५४ देखि २०८० सालसम्मको जाँच अवधिमा ६ करोड २५ लाख वैध आयको तुलनामा १५ करोड ९८ लाख खर्च गरी ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।
यसका साथै अख्तियारले आचार्यकी श्रीमती ललिता, छोरीहरू निलु र सरुविरुद्ध समान बिगो तथा प्रभा बस्नेत र कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ मागदाबी गरेको छ।
साथै, गैरकानुनी रूपमा आर्जित सो सम्पत्ति लुकाएको अभियोगमा आचार्यका परिवारका सदस्यहरूविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम अर्को मुद्दा समेत दायर गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मालपोत कार्यालय भक्तपुरका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Previous Articleकस्तो छ आजको मौसम?



NPL Special
NPL Special