मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज प्रिय व्यक्तिसँग आत्मीयता बढ्नेछ।रोकिएको काम अघि बढ्ने संकेत छ।नयाँ कामप्रति उत्साह बढ्नेछ। आफूले लामो समयदेखि सोचिरहेको योजनालाई अघि बढाउने अवसर मिल्न सक्छ।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज कारोबारमा सुधारको सम्भावना देखिने छ।
नयाँ कुरा सिक्ने रुचि बढ्नेछ।धैर्य र शान्त स्वभावले तपाईंलाई फाइदा पुर्याउनेछ। परिवारमा महत्वपूर्ण विषयमा छलफल हुन सक्छ। पुरानो जिम्मेवारी पूरा गर्ने अवसरलाई सदुपयोग गर्नुहोला।
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज मनका कुरा स्पष्ट राख्नुहोला।
तपाईंको बोली र विचारले नयाँ अवसरको ढोका खोल्न सक्छ। मानसिक शान्तिका लागि समय दिनुहोला। साथीभाइसँगको भेटघाट उपयोगी बन्नेछ।
कर्कट
(ही, हु, हे, हो, डा, डी, डू, डे, डो)
आज पर्याप्त आराम आवश्यक छ ।
परिवारको साथ र सहयोगले मनमा खुसी थप्नेछ। भावनामा बहेर निर्णय नगर्नुहोला। पुरानो असमझदारी हटाउन तपाईंको पहल महत्वपूर्ण बन्न सक्छ।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज सम्बन्धमा खुसीको वातावरण बन्नेछ।
आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुन सक्छ। आज
काम र आरामको सन्तुलन राख्नुहोला। जिम्मेवारी बढे पनि आत्मविश्वास कायम राख्नुहोला।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज मेहनतअनुसार प्रगति हुनेछ। तपाईंको योजनाबद्ध काम गर्ने बानीले राम्रो परिणाम दिन सक्छ।पुरानो योजनाले गति लिन सक्छ।
सानो कुरामा अनावश्यक चिन्ता नगर्नुहोला।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज प्रियजनसँग आत्मीय समय ब्यातित हुनेछ
सहकार्य र मिलनसार व्यवहारले तपाईंको दिन राम्रो बनाउन सक्छ। नयाँ व्यक्तिसँगको भेटघाटबाट उपयोगी विचार प्राप्त हुनेछ। निर्णय गर्दा आफ्नो प्राथमिकता नबिर्सनुहोला।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज कठिन विषय बुझ्न सहज हुनेछ।
आफ्नो लक्ष्यप्रति दृढ रहने दिन छ। मनमुटाव हटाउने अवसर। लामो समयदेखि अल्झिएको काममा नयाँ बाटो भेटिन सक्छ। आर्थिक लेनदेनमा स्पष्टता राख्नुहोला।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज ज्ञान, धर्म र नयाँ अनुभवप्रति रुचि बढ्नेछ। गुरुजनको सल्लाहले महत्वपूर्ण निर्णयमा सहयोग पुर्याउन सक्छ। यात्राको योजना छ भने तयारी पूरा गर्नुहोला।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज परिवारको साथ प्राप्त हुनेछ। कारोबारमा क्रमिक सुधार हुनेछ । काममा ढिलाइ भए पनि धैर्य नगुमाउनुहोला। परिवारको सल्लाहले सही निर्णय लिन सहयोग गर्नेछ।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
आज सिर्जनात्मक विषयमा रुचि। सम्बन्धमा खुलापन बढ्नेछ। नयाँ सोच र सिर्जनात्मक काममा मन जानेछ। साथीभाइसँगको छलफलले पुरानो समस्याको समाधान देखाउन सक्छ।
मीन
(दी दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज अध्ययनमा एकाग्रता बढ्नेछ।मनमा शान्ति र सकारात्मक विचार बढ्नेछन्। धार्मिक तथा आध्यात्मिक गतिविधिमा समय बिताउने अवसर मिल्न सक्छ। विश्वास र आत्मीयता बढ्नेछ।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special